PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पत्रकार महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउँछौँः अध्यक्ष आचार्य



रासस

पत्रकार महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउँछौँः अध्यक्ष आचार्य

काठमाडौँ :  नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताएका छन्। 

महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे। 

नवनिर्वाचित उपाध्यक्ष विपुल पोखरेलले महासंघलाई सबैको साझा चौतारीका रुपमा लैजान आफूले काम गर्ने बताए।

उनले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न सदैव प्रतिबद्ध रहने बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell