PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सीमाका बाँधबारे भारतसँग कुरा गर्न ओलीको सुझाव



पहिलोपोस्ट

सीमाका बाँधबारे भारतसँग कुरा गर्न ओलीको सुझाव

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सीमा क्षेत्रमा बाँधिएका बाँधका विषयमा कुरा उठाउनुपर्ने बताएका छन्। 

आज बसेको व्यवस्थापिका संसदमा विषय समयमा बोल्दै अध्यक्ष ‌ओली प्रधानमन्त्री भारत भ्रमणका क्रममा कोशी ब्यारेजको व्यवस्थापन र सीमानामा रहेका बाँधबारे छलफल गर्न आग्रह गरेका छन्। 

'भारतले सीमामा एकलैटी रुपमा बाँध बाधिरहेको छ भन्ने कुरा उठिरहेको बेला सरकार मौन छ। अन्तर्राष्ट्रिय कानुन विपरित भएका कामलाई भारतसँग कुरा गर्नुपर्ने र नेपाललाई अहित हुने बाँधहरु हटाउनुपर्छ,' ओलीले भने, 'हटाउने वा स्थान्तरण गर्ने विषयमा काम गर्नुपर्छ।' उनले असमान सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने बताए। 

ओलीले सीमा रेल अनुपयुक्त भएको पनि बताए। नेपालमा नेपालको रेल र भारतमा भारतको रेल चल्छ। सीमा रेल भन्ने शव्दावली नै गलत हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell