PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ह्विप उल्लंघन गर्ने सांसदलाई राप्रपाले कारबाही गर्ने, सर्वोच्चको निर्णयविरुद्ध अदालत जाने



रासस

ह्विप उल्लंघन गर्ने सांसदलाई राप्रपाले कारबाही गर्ने, सर्वोच्चको निर्णयविरुद्ध अदालत जाने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने भएको छ। 

अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारी तथा सांसदको संयुक्त बैठकले व्यवस्थापिका–संसद्मा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए। 

बैठकमा प्रमुख सचेतक कुन्तीकुमारी शाहीले संविधान संशोधनको विपक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई पार्टी ह्विप जारी गरिएकामा अनुपस्थित रहेका सांसदबारे जानकारी दिएकी थिइन्। 

पार्टी विभाजनको प्रयत्न गरेका नेता पशुपतिशम्शेर राणा समूहको दललाई कानुनी मान्यता दिन सोमबार सर्वोच्च अदालतले गरेको निर्णयका सम्बन्धमा पार्टीले कानुन व्यवसायीसँग परामर्श गरी उपचारका लागि अदालतमा जाने निर्णय गरेको छ।

काठमाडौँमा चाँडै काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेला गर्ने निर्णय पनि भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell