PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रपति ट्रम्पले भने–अफगानिस्तानबाट सेना फिर्ता बाेलाउन हतार हुनसक्छ



रासस

राष्ट्रपति ट्रम्पले भने–अफगानिस्तानबाट सेना फिर्ता बाेलाउन हतार हुनसक्छ
फोटो श्रोतः cnn.com

वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन्। 

अमेरिकी विदेश नीति सम्बन्धी एक महत्वपूर्ण सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउँदा त्यहाँ सुरक्षाको कमी आउने र त्यसमा इस्लामिक स्टेटले खेल्न पाउने अवस्था आउने बताए । 

ट्रम्पले अफगानिास्तानमा रहेका अमेरिकी सेनालाई अहिले नै फिर्ता गर्न खोज्नुले तालिवानहरुको मनोबल बढ्न सक्नेतर्फ सचेत रहनुपर्ने बताए।

यसअघि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता बोलाउनुपर्ने पक्षमा आफू रहेको स्विकार गर्दै उनले तर अबको विकसित परिस्थितिमा भने सोच्नुपर्ने बताए।

हाल अफगानिस्तानमा ८ हजार ४०० अमेरिकी सेना छन्। त्यस्तै ५ हजार नेटोआवद्ध अन्य देशका सेना पठाइने पनि ट्रम्पले बताएका छन्। 

शुक्रबार क्याम्प डेबिटमा भएको सुरक्षा अधिकारीहरुसँगको बैठकपछि उनले आवश्यक परेमा बरु अमेरिकी सेना नै थप्न सकिने बताएका थिए। तर ती सैन्य के कति सङ्ख्यामा थपिने हुन भन्ने बारेमा भने केही बताइएको छैन। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell