PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ट्याक्टरले किचेर बाँकेमा एक जना बाढीपीडितको मृत्यु



रासस

ट्याक्टरले किचेर बाँकेमा एक जना बाढीपीडितको मृत्यु

बाँके :  बाँकेमा सडकको छेउमा सुतिरहेका एकजना बाढीपीडितको ट्याक्टरले किचेर मृत्यु भएको छ । 

बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार ट्र्याक्टरले किचेको थियो। 

घाइते मुराउको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा आज मृत्यु भएको हो। उनलाई बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नंको ट्र्याक्टरले किचेको थियो। रासस 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell