PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१९ फोटोमा हेर्नुस् जब अमेरिकामा दिउँसै रात पर्‍यो, ट्रम्पले ह्वाइट हाउसको बरण्डाबाट हेरे ग्रहण

१९ फोटोमा हेर्नुस् जब अमेरिकामा दिउँसै रात पर्‍यो, ट्रम्पले ह्वाइट हाउसको बरण्डाबाट हेरे ग्रहण


९९ वर्षपछि सोमबार अमेरिकाका अधिकांश ठाउँबाट देखिने गरी खग्रास सूर्य ग्रहण लाग्दा एउटा उत्सवको माहौल देखियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत ह्वाइट हाउसको बरन्डाबाट चश्मा लगाएर सूर्यग्रहण हेरे। 

पूर्ण सूर्यग्रहण भएकोले अधिकांश ठाउँमा दिउँसै अन्धकार छाएको थियो। अमेरिकाका १४ राज्यमा पूर्ण ग्रहण देखिएको थियो भने बाँकी ३६ राज्यमा आंशिकमात्रै। 

सूर्य ग्रहण लागिरहेका बेला अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसमेत ग्रहण लागेको सूर्यको अगाडि देखिएको थियो।
  
 

आगामी सन् २०४० सम्म नेपालमा देखिने गरी सूर्य ग्रहण लाग्ने छैन।


ट्रेन्डिङ पोस्ट

Ncell