PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'सीक्रेट सुपरस्टार'को पहिलो गीत 'मैं कौन हुँ?'



पहिलोपोस्ट

'सीक्रेट सुपरस्टार'को पहिलो गीत 'मैं कौन हुँ?'

फिल्म 'सीक्रेट सुपरस्टार'को पहिलो गीत सार्वजनिक भएको छ। बलिउड स्टार आमिर खानको नयाँ फिल्मको ट्रेलर शुक्रबार युट्युबमार्फत भिडियो सहित रिलिज भएको हो।

कौसर मुनिरले लेखेको 'मैं कौन हुँ?' बोलको गीतमा अमित त्रिगेवीले संगीत दिएका हुन्। गीतमा मेघ्ना मिश्रको स्वर रहेको छ।

फिल्म आमिर खानले निर्माण गरेका हुन्। उनले फिल्ममा अभिनय समेत गरेका छन्। आमिरसँगै दंगलकी कलाकार जायरा वसीम प्रमुख भूमिकामा देखिएका छन्। फिल्ममा पारिवारिक बन्धनका कारण लुकेर आफ्नो गायन कला सार्वजनिक गर्ने बालिकाको कथा देखाइएको छ। चर्चित गायिका बन्ने सपना पूरा गर्न उनले युट्युबलाई माध्यम बनाउँछिन्। तर उनी बुर्का लगाएर, अनुहार लुकाएर मात्र सार्वजनिक हुन्छिन्।

‘सीक्रेट सुपस्टार’मा जायरा वसीम, आमिर खान, राज अर्जुन र मेहर विजको अभिनय रहेको छ। अद्वैत चन्दनको लेखन तथा निर्देशनमा फिल्म बनेको हो। बनेको फिल्म ‘सीक्रेट सुपस्टार’ १९ अक्टूबरबाट प्रदर्शनमा आउँदैछ। फिल्ममा आमिर चर्चित पपस्टार तथा रियालिटी शोको निर्णायकको भूमिकामा देखिएका छन्। जसले जायराको मेन्टरका रुपमा काम गर्छन्। 

हेर्नुस् गीतको भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell