PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१३ फोटोमा हेर्नुस् पत्रकारको चुनावका दृश्य

१३ फोटोमा हेर्नुस् पत्रकारको चुनावका दृश्य


काठमाडौँ : देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनका क्रममा नयाँ नेतृत्व चुन्न सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा मतदान भयो। 

कूल  १ हजार ४ सय ४९ मत खसेको छ। त्यसमध्ये प्रदेश १ बाट १६१ मतदातामध्ये १६० मत, प्रदेश २ बाट ९६ मतमध्ये ९४ मत, प्रदेश ३ बाट १४१ मतमध्ये १३७ मत खसेको छ। 

त्यसैगरी प्रदेश ४ मा ११२ मतमध्ये १११ मत, प्रदेश ६ मा ९५ मध्ये ८२ मत र प्रदेश ७ मा ११३ मतमध्ये १०६ मत खसेको छ। त्यसैगरी उपत्यकाका तीन जिल्ला रहेको प्रदेश ८ बाट २३० मध्ये २२५ मत खसेको छ। 

गैर भौगोलिक प्रदेशमध्ये प्रतिष्ठानतर्फको प्रदेश ९ मा २७७ मतमध्ये २६३ मत खसेको छ भने एसोसिएटको प्रदेश नम्बर १० मा ९१ मध्ये ८६ मत खसेको छ। 

मतगणना आजै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय तीलगंगामा हुँदैछ। 


ट्रेन्डिङ पोस्ट

Ncell