PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कैलालीकाे खानीडाँडामा बस दुर्घटना, दुई जनाको मृत्यु, १८ घाइते



रासस

कैलालीकाे खानीडाँडामा बस दुर्घटना, दुई जनाको मृत्यु, १८ घाइते

धनगढी :  धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। 

प्रहरीका अनुसार दुर्घटनामा डोटीको गडसेरा गाविस–३ का अन्दाजी ७१ वर्षीय नरबहादुर देउवाको मृत्यु भएको छ। दुर्घटनामा परेको बसमा च्यापिएको अवस्थामा देउवाको शव निकालिएको प्रहरीले जनाएको छ। अर्का मृतकको सनाखत हुन सकेको छैन। 

घाइतेलाई पद्मा अस्पताल अत्तरियामा भर्ना गरिएको छ। धनगढीबाट डोटीको बिपीनगरतर्फ गइरहेको बस खानीडाँडामा सडकबाट झण्डै ६० मिटर तल खसेर दुर्घटना भएको हो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell