PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाढीपहिरो प्रदेश नं.२ को निर्वाचनको चुनौतीः प्रमुख निर्वाचन आयुक्त



रासस

बाढीपहिरो प्रदेश नं.२ को निर्वाचनको चुनौतीः प्रमुख निर्वाचन आयुक्त

राजविराज :  प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले बाढी पहिरोका कारण प्रदेश नं २ मा असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चुनौती थपिएको बताएका छन्।

सप्तरीको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले बाढी पहिरोका कारण देशमा व्यापक धनजनको क्षति भएको र बाढीपीडितको अवस्था अत्यन्त गम्भीर भएकाले सरकार र स्थानीय प्रशासनले छिटो समस्याको समाधान गरी निर्वाचनको वातावरण बनाउनुपर्ने बताए। 

निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी हुनुका साथै निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुने यादवको भनाइ थियो। 

उनले निर्वाचन अचारसंहिताको पालना सरकार र राजनीतिक दलबाट भए÷नभएको सम्बन्धमा पत्रकारलाई निगरानी गर्न आग्रह गरे। 

यसअघि प्रमुख आयुक्त यादवले सप्तरीको राजनीतिक परिस्थिति एवं निर्वाचनको अवस्था र निर्वाचन सुरक्षाबारे स्थानीय प्रशासनसँग जानकारी लिएका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell