PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमालेका सांसदलाई कांग्रेसको ह्वीप !



पहिलोपोस्ट

एमालेका सांसदलाई कांग्रेसको ह्वीप !

काठमाडौं : कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्लाईसमेत संविधान संशोधनका पक्षमा मत हाल्न ह्वीप जारी गरेका छन्।

संविधान संशोधनको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूसहित विपक्षमा जनमत तयार पारीरहेका वेला प्रमुख सचेतक श्रेष्ठले ह्वीप जारी गरेका हुन्।
 
संसदमा विचाराधिन 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक -२०७४ लाई पारित गरियोस' भन्ने प्रस्तावको छलफलमा भाग लिदै एमाले सांसद यज्ञराज  सुनुवारले ह्वीपबारे खुलासा गरेका हुन्।
 
'आज संविधान संशोधन प्रस्तावका पक्षमा उभिन नेपाली कांग्रेसका प्रमुख सचेतकले हामीलाई पनि म्यासेज पठाउनुभएको छ,' सुनुवारले संसद्को ड्यासमा उभिएर भने, 'केही भइहाल्छ कि, नेकपा एमाले पनि मानिहाल्छ कि भनेर पठाएको त्यो म्यासेज हामीलाई मान्य छैन।' उनले संशोधनका पक्षमा कुनै हालतमा नउभिनेसमेत उद्घोष गरे। 

किन पठाए श्रेष्ठले एमाले सांसदलाई 'ह्वीप म्यासेज'

कांग्रेस प्रमुख सचेतक श्रेष्ठले 'त्यो म्यासेज' एमाले सांसदहरुलाई प्राविधिक कारण मात्र गएको बताए।
 
'म्यासेज मैले नभएर संसदीय दलका कर्मचारीबाट पठाएको हो,' श्रेष्ठले भने, 'उहाँले सत्तारुढहरुलाई मात्र  पठाउनुपर्ने 'म्यासेज' प्रतिपक्षी दललाई पनि पठाइदिनु भएछ क्यारे। त्यो प्राविधिक कारणबाट भएको हो।'

उनले एमालेलाई संशोधनका पक्षमा ल्याउन पटक-पटक वार्ताबाट आह्वान गरे पनि उसले स्वीकार नगरेकाले एसएमएसबाट ल्याउन सकिन्छ भन्ने आफ्नो बुझाइ नरहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell