PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

यसरी ल्याइयो दुबईबाट ३३ किलाे सुन तस्करीका नाइकेलाई नेपाल



सविन ढकाल

यसरी ल्याइयो दुबईबाट ३३ किलाे सुन तस्करीका नाइकेलाई नेपाल

काठमाडौः ३३ किलो सुन तस्करीका नाइके राजनप्रसाद पन्तलाई प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ। 

पुस २१ गते केन्द्रीय अनुसन्धान व्युरोको टोलीले ३३ किलो सुनसहित तीन जनालाई अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर पक्राउ गरेको थियो।

 तस्करीमा संलग्न मुख्य योजनाकारहरु दुबईमा रहेको सूचना पाएकाले त्यहाँको प्रहरीसँग समन्वय गरी व्युरोले पक्राउको प्रयास गरिररहेको थियो।

त्यही क्रममा खरेललाई दुबई प्रहरीले दुई महिना अघि पक्राउ गरेको थियो। खरेललाई आज मध्याह्न नेपाल ल्याइएको नेपाल प्रहरीको इन्टरपोल शाखाकी एसपी किरण बज्रचार्यले पहिलोपोस्टलाई जानकारी दिइन्।

सुन तस्करका मुख्य नाइके भनिएका हरिशरण खड्का, भोला मगर भने अझै फरार छन्। अर्का अरोपी अर्जुनप्रसाद खरेलले भने केही महिना अघि नै भारतवाट दुबई जाने क्रममा पक्राउ परी दुबई प्रहरीले सफाइ दिएको स्रोतले बताएको छ।

दुबई प्रहरीले इन्टरपोललाई पठाएको नाम भने अर्जुनप्रसाद खरेल रहेको प्रहरी स्रोतले जानकारी दियो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell