PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अक्षयले औंलाको मजाक बनाउँदा के रह्यो ऋतिक रोशनको प्रतिक्रिया?



पहिलोपोस्ट

अक्षयले औंलाको मजाक बनाउँदा के रह्यो ऋतिक रोशनको प्रतिक्रिया?

अक्षय कुमार स्टारर फिल्म 'ट्वाइलेट- एक प्रेम कथा'मा ऋतिकको छवटा औंलाको मजाक बनाएको दृश्य छ। जहाँ अक्षय कुमारको बुवाले आफ्नो छोराको लागि एउटा औंला बढी भएको केटी खोज्दै हुन्छन्। ज्योतिषले भने अनुसार एउटा औंला भएको केटी नभेटेर थकिक अक्षय र उनको भाइ बनेका दिन्यन्दु शर्मा ऋतिकको फोटो अगाडी उभिन्छन्। र शर्माले भन्छन्,'उनले केही सहयोग गर्न सक्छन् की।'

तर फिल्ममा बनाइएको जोकका कारण ऋतिक र ऋतिकका बुवा राकेश रोशन रिसाएका भने छैनन्। भने,'हामी त फिल्म हेरेर रमायौं। फिल्मले जे भन्न खोजेको मलाई मनपर्यो। फिल्म मनोरञ्जन र संदेशको मिश्रण हो।' बलिउड हंगामाले जनाए अनुसार बुवा छोरा दुबैले एकसाथ फिल्म हेरेका हुन्। स्रोतका अनुसार छिमेकी समेत रहेका रोशन र अक्षयका परिवार बिच राम्रो सम्बन्ध रहेको छ।

फिल्मका निर्देशक श्री नारायण सिंहले फिल्ममा राखिएको जोकका आरण आफू नर्भस रहेको खुलाउँदै भने,'फिल्म हेरेपछि राकेश जीले फोन गर्नु भयो। म डराएको थिए। तर उहाँले त बधाई पो दिनु भयो।' सिंह रोशन परिवारले फिल्मको उक्त दृश्यमा आपत्ति नजनाएकोमा धन्य छन्। उक्त जोक कसैको भावनामा ठेल पुर्याउन वा व्यक्ति विशेष मजाक बनाउन नराखिएको उनले सुनाए। भने,'ऋतिक, राकेशबाट सकारात्मक फिडब्याक पाउनुले खुसी तुल्याएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell