PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बुवा नहुनेले यसरी मनाए गोकर्णेश्वरमा कुशे औंसी

बुवा नहुनेले यसरी मनाए गोकर्णेश्वरमा कुशे औंसी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः भाद्र कृष्ण औँशी अर्थात् बाबुको मुख हेर्ने दिन आज बिहानैदेखि उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुर्इँचो लागेको छ।

आजका दिन बाबु हुनेले घरमै राम्रो खान लाउन दिई खुसी बनाउने गर्छन्। बाबु दिवंगत भएका भक्तजनले भने गोकर्णेश्वर महादेव मन्दिरमा आई सम्झना गर्ने चलन छ।

भाद्रकृष्ण औँशीका दिन गोकर्णेश्वरमा आई तर्पण, सिदा दान र पिण्ड दान गर्नाले घर, मामाघर र ससुरालीतर्फका सात÷सात गरी २१ पुस्ताका पितृहरु तर्छन् अर्थात् मुक्ति पाउँछन् भन्ने धार्मिक विश्वास छ।

यही धार्मिक विश्वासका कारण हरेक वर्ष भाद्र कृष्ण औँशीको अघिल्लो दिन बिहानैदेखि वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा घुईँचो लाग्ने गर्छ।


ट्रेन्डिङ पोस्ट

Ncell