PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अब्बासद्वारा द्वन्द्व अन्त्यका लागि इजरायली शान्तिप्रिय समूहसँग याचना



रासस

अब्बासद्वारा द्वन्द्व अन्त्यका लागि इजरायली शान्तिप्रिय समूहसँग याचना
फोटो श्रोतः samakal.net

रामल्लाह :  प्यालेष्टिनी राष्ट्रपति महमुद अब्वासले प्यालेष्टिाइन तथा इजरायली पक्षबीचको स्थायी शान्तिका लागि इजरायलमा शान्तिका लागि काम गरिरहेका सङ्घसंगठनहरूको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। 

रामल्लाहमा इजरायली बामपन्थी समूहको प्रतिनिधिमण्डलसँग कुरा गर्दै अब्बासले दुई देशको स्थायी शान्तिका लागि शान्ति चाहने समूहले पहल गर्नुपर्ने बताएका प्यालेष्टिनी न्यूज एजेन्सी डब्लुएएफ्एले जनाएको छ।

डब्लुएएफ्एका अनुसार अब्बासले इजरायली प्रतिनिधिमण्डलसँग शान्तिका लागि भएका पछिल्ला दिनका उपलब्धिबारे उल्लेख गर्दै इजरायलका उदारबादी समूहबाट शान्तिका लागि हुने प्रयास दुवै मुलुकको स्थायी शान्तिका लागि आवश्यक भएको बताए। 

प्रतिनिधिमण्डलका प्रमुख जाहावा गिलियन, बामपन्थी समूहका अध्यक्ष मारेट्जले रामाल्लाहमा उदारवादी प्यालेष्टिनी नेतृत्व रहेको विश्वासमा आफूहरूले उक्त ठाउँ रोजेको बताएका थिए। 

भेटमा अब्बासले शान्तिका बिषयमा प्यालेष्टिनीको विचारमा भिन्नता नरहेको भन्दै दुर्इ मुलुकबीचको विवादलाई १९६७ पूर्व रहेको सीमा कायम गर्नुपर्नेमा जोड दिएका थिए। 

दुई मुलुकको विवाद समाधान गर्न अमेरिकाको नेतृत्वमा भएको प्रत्यक्ष वार्ता सन् २०१४ को अप्रिलमा रोकिएको थियो। प्रतिनिधिमण्डलले वार्ता र सम्वादलाई पुनःसुरु गर्न इजरायली तथा प्यालेष्टिनी समूहले छलफल गर्नुपर्ने बताएका थिए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell