PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अस्करको विदेशी भाषा विधाको लागि नेपालबाट 'सेतो सूर्य' चयन



पहिलोपोस्ट

अस्करको विदेशी भाषा विधाको लागि नेपालबाट 'सेतो सूर्य' चयन

काठमाडौं: अस्कर अवार्ड-२०१८ अन्तर्गत विदेशी भाषा विधाका लागि नेपालबाट फिल्म सेतो सूर्य छनोट भएको छ। अस्करका लागि दुई फिल्म सेतो सूर्य र बिजुली मेसिन मध्य सोसियल ड्रामा सेतो सूर्य छानिएको हो।

नेपालका लागि अस्कर चयन समितिले सामाजिक विषयमा आधारित फिल्म चयन गरेको हो। फिल्ममा जनयुद्धको प्रभाव, जातिय विभेद, पारिवारिक विभाजन, राजनीतिक असरलाई देखाइएको छ। प्रतिस्पर्धामा रहेको अर्को फिल्म बिजुली मेसिन भने साइन्स फिक्शन जनराको थियो। जुन नेपाली फिल्म क्षेत्रका लागि नयाँ प्रयोग हो।

सन् २०१६ मा प्रदर्शन भएको सेतो सूर्यलाई दीपक रौनियारले लेखन तथा निर्देशन गरेका हुन्। सोसियो पोलिटिकल ड्राममा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ लगायतको अभिनय रहेको छ।

८८ मिनेट लामो फिल्म सेतो सूर्यले फ्रिवर्ग फिल्म अवार्डमा मात्र ४ विधामा अवार्ड हात पारेको थियो। यस्तै पाल्म स्प्रिङ फिल्म महोत्सवमा ग्रान्ड जुरी अवार्ड, भेनिस फिल्म फेस्टिभलमा इन्टरफिल्म र बेस्ट गरी दुई अवार्ड र सिंगापूर फिल्म फेस्टिभलमा बेस्ट एसियन फिल्म अवार्ड हात पारेको थियो।

नेपाली फिल्म चयन समितिमा लक्ष्मीनाथ शर्मा, राजेन्द्र सलभ, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, भरतकुमार शाक्य र प्रदिपकुमार उपाध्याय रहेका छन्।

सेतो सूर्यको सहभागिता रहने ९०औं संस्करणको अस्कर २०१७ को ११ सेप्टेम्बरमा सुरु भएर सन् २०१८ को ४ मार्चना सक्किनेछ। अन्तिम कार्यक्रम क्लालिफोर्नियामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell