PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फ्रेन्च लिग वान : पेरिसमा नेमारको प्रभाव, पिएसजीको शानदार जित



पहिलोपोस्ट

फ्रेन्च लिग वान : पेरिसमा नेमारको प्रभाव, पिएसजीको शानदार जित

ब्राजिलियन फरवार्ड नेमारले उत्कृष्ट प्रदर्शन निरन्तरतादिएको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा गएराती टुलुजलाई ६-२ ले पराजित गरेको हो।

दश खेलाडीमा झरेर पनि उत्कृष्ट प्रदर्शन गरेको पिएसजीका लागि नेमारले दुई गोल गर्नुका साथै दुई गोलका लागि सहयोग गरे। यसै सिजन मात्र स्पानिस क्लब बार्सिलोनाबाट विश्व कीर्तिमान रकममा सरुवा भएका नेमारले लगातार दोस्रो खेलमा गोल गरेका हुन्।

म्याक्स एलेइन ग्राडेलले १८औँ मनेटमा गोल गर्दै भ्रमणकारी टोली टुदुजलाई पहिले अग्रता दिलाएपछि नेमारले पार्क डे प्रिन्समा ३१औँ मिनेटमा बराबरी गोल फर्काए।

३५औँ मिनेटमा नेमारकै पासमा एड्रिएन र्‍याबिएटले गोल गर्दै पिएसजीलाई २-१ को अग्रता दिलाए।

दोस्रो हाफमा पिएसजीले एक खेलाडी कम हुँदा समेत ४ गोल थप्यो।

६७औँ मिनेटमा मार्को भेराट्टीले दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि पिएसजी दश खेलाडीमा झरेको थियो। तर यसले पेरिसियन टोलिलाई कुनै असर गरेन। ७५औँ मिनेटमा एडिनसन कभानीले गोल गर्दै पिएसजीलाई ३-१ को अग्रता दिलाए। टुलुजका एन्डी डेलोर्टले नेमारलाई फल गरेपछि पिएसजीले पेनाल्टी पाएको थियो।

त्यसको तीन मिनेटपछि टुलुजका क्रिस्टोफर युलियनले गोल गर्दै खेल ३-२ को स्थितिमा पूर्‍यानएका थिए। तर त्यसपछि अन्तिम ८ मिनेटमा ३ गोल गर्दै पिएसजीले शानदार जित निकालेको हो। पिएसजीका लागि ८२औँ मिनेटमा ज्याभिएर पास्टोर, ८४ औँ मिनेटमा लेभिन कुर्जुवा र इन्जुरी टाइममा नेमारले गोल थपे। कुर्जुवाको गोलमा पनि नेमारले नै पास उपलब्ध गराएङ्का थिए।

यस सिजन फ्रेन्च लिगमा लगाता तेस्रो जितपछि पिएसजी अंक तालिकामा शीर्ष स्थानमा छ। यता पिएसजी समान लगातार तीन खेल नै जितेका साविक विजेता मोनाको र सेन्ट एटिएने क्रमश: दोस्रो र तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell