PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उत्कृष्ट तीज गायिकाको उपाधि टीका पुनलाई



पहिलोपोस्ट

उत्कृष्ट तीज गायिकाको उपाधि टीका पुनलाई

काठमाडौं: चौथो छायाँछवि म्युजिक अवार्ड २०७४ सम्पन्न भएको छ। आइतबार सम्पन्न कार्यक्रममा गायिका टीका पुनले उत्कृष्ट तीज गायिको उपाधि हात पारेकी छिन्। त्यस्तै पूर्णकला बिसीको गीत ‘माइतीघर’ उत्कृष्ट तीज गीत बन्न सफल भएको छ। टीका पुनले 'युकेको सारी' बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड चुम्न सफल भएकी हुन्। त्यस्तै हरि विष्टले उत्कृष्ट तीज गीत शब्द र लयमा 'नदी तिरैमा' बोलको गीतबाट अवार्ड पाए।



तीज म्युजिक अवार्डको अवसर पारेर वरिष्ठ गायिका एवं संकलक चन्द्रकला शाहलाई छायाँछवि तीज संगीत स्रष्टा सम्मान २०७४ बाट सम्मान गरिएको थियो। शाह ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानित भएकी हुन्। त्यस्तै पत्रकार गीता अधिकारीलाई छायाँछवि रंग पत्रकारिता पुरस्कारबाट सम्मानित गरियो। उनलाई ५ हजार ५ सय ५५ नगदसहित सम्मान प्रदान गरिएको हो। गीताले उक्त रकम मोरङका बाढीपीडितलाई प्रदान गर्ने बताइन्ए।

यस्तो छ विजेताहरुको सूची:

सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ: श्यामश्वेत रसाइली (माइती र चेली)

सर्वोत्कृष्ट तीज दोहोरी गीत एरेन्जर: कमल सौराग (लाज किन हो)

सर्वोत्कृष्ट तीज दोहोरी नवगायक: हरि गिरी विमर्शी (स्वामी राजै)

सर्वोत्कृष्ट तीज दोहोरी नवगायिका: स्मृति तिमिल्सिना (दिदीभाई)

सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द: कस्तुप पन्त (हे शिव भगवान)

सर्वोत्कृष्ट तीज दोहोरी गीत लय : राजेन्द्र कँडेल (बजाइदेउ मादलु) 

सर्वोत्कृष्ट तीज दोहोरी गायक: रवि थापामगर (माइती र चेली)

सर्वोत्कृष्ट तीज दोहोरी गायिका: सुनीता गुरुङ (हङकङको चुरा)

सर्वोत्कृष्ट तीज दोहोरी गीत कम्पनी: हमाल म्युजिक प्रा.लि. (स्वामी राजै)

सर्वोत्कष्ट तीज दोहोरी गीत: मन्जु पौडेल (मेरा झर्के बुढा)

सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुष: सन्दिप न्यौपाने (नाच्नमा एक नम्बर)

सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल महिला: दीपाशा बिसी (मैना चरी)

सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादन: विष्णु शर्मा (म त नाच्दिन केरे)

सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार: करण चैंसिर (आउँछ तिज)

सर्वोत्कृष्ट तीज गीत भिडियो नृत्य निर्देशक: विक्रम चौहान (माइतीघर)

सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक: प्रकाश भट्ट (माइती र चेली)

सर्वोत्कृष्ट तीज युगल गीत: लक्ष्मी न्यौपाने र शारदा बस्याल (झल्को माइती )

सर्वोत्कृष्ट तीज गीत मिक्सिङ: सञ्जय श्रीपाल (नदी तिरैमा)

सर्वोत्कृष्ट तीज गीत एरेन्जर: विनोद बाजुराली (माइतीघर)

सर्वोत्कृष्ट तीज गीत नवगायिका: धनमाया राना (आँगनीको डिलैमा)

सर्वोत्कृष्ट तीज गीत शब्द: हरि विष्ट (नदी तिरैमा)

सर्वोत्कृष्ट तीज गीत लय: हरि बिष्ट (नदी तिरैमा)

सर्वोत्कृष्ट तीज गीत गायिका: टीका पुन (युकेको सारी)

सर्वोत्कृष्ट तीज गीत कम्पनी: आशिष म्यूजिक प्रा.लि. (माइतीघर)

सर्वोत्कृष्ट तीज मौलिक तीज गीत: पूर्णकला बिसी (माइतीघर)

जुरी अवार्ड: कोमल वली र प्रज्ञा शरद (म त नाच्दिन के रे)

इन्करेजमेन्ट अवार्ड: मधु क्षेत्री (पातै फरर)

इन्करेजमेन्ट अवार्ड: एलिना खनाल (दाजु बहिनी)

पपुलर अवार्ड: रञ्जिता गुरुङ (मेरै खुट्टाले)

पब्लिक च्वाइस अवार्ड: स्वरुपा रसाइली (मिठो बोली)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell