PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ला लिगा : रियल मड्रिड र बार्सिलोनाको विजयसी शुरुवात



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिड र बार्सिलोनाको विजयसी शुरुवात
फोटो : बार्सिलोना ट्वीटर

सावित विजेता रियल मड्रिड र बार्सिलोनाले स्पानिस ला लिगामा विजयी शुरुवात गरेका छन्। गएराती भएको खेलमा रियलले डेपोर्टिभा ला कुरानालाई ३-० ल तथा बार्सिलोनाल रियल बेटिसलाई २-० ले हरायो।

बार्सिलोनामा भर्खरै भएको घटनालाई सम्झँदै बार्साका सबै खेलाडीले बार्सिलोना लेखिएको जर्सी लगाएर खेलेका थिए। उक्त खेलमा बार्सिलोनाका लागि सर्जि रोबर्टोले एक गोल गरे भने बेटिसका एलिन टोस्काले आत्मघाती गोल उपहार दिए।

यता कप्तान सर्गियो रामोसले खेलको अन्त्यतिर रातो कार्ड पाएको खेलमा रियललका लागि गारेथ बेल, कासेमिरो र टोनी क्रुले गोल गरे। ८९औँ मिनेटमा ला कुरानाले पेनाल्टी पाएपनि उसका फ्लोरिन एनडोनले प्रहार गरेको पेनाल्टी रियललका गोलकिपर नाभासले शेभ गरे।

इन्जुरी टाइमको दोस्रो मिनेटमा कप्तान रामोस दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि रियलले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell