PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१५ डिआइजीको पदस्थापन; सिआइबीमा पुष्कर कार्की, रमेश खरेल हेडक्वार्टरमा

१५ डिआइजीको पदस्थापन; सिआइबीमा पुष्कर कार्की, रमेश खरेल हेडक्वार्टरमा

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ : सरकारले बढुवा भएका १५ डिआइजीहरुलाई विभिन्न ठाउँमा पदस्थापन गरेको छ। साउन ३२ गते नै मन्त्रीस्तरीय निर्णय भए पनि आइतबार बल्ल यसलाई सार्वजनिक गरिएको थियो। 

पदस्थापन सूची अनुसार एक नम्बरमा बढुवा भएका सर्वेन्द्र खनाल महानगरी ट्राफिक प्रहरी महाशाखामा कायम छन्। दोस्रो नम्बरमा रहेका रमेश खरेललाई हेडक्वार्टरको सुरक्षा सेवा निर्देशनालयमा राखिएको छ। यसअघि उनी हेडक्वार्टरकै युएन जगेडामा थिए। 

प्रहरीले काम देखाउन सक्ने एउटा प्रमुख ठाउँ सिआइबी (अपराध अनुसन्धान ब्युरो) मा पुष्कर कार्की आएका छन्। यसअघि यहाँ नवराज सिलवाल प्रमुख थिए। कार्की हाल केन्द्रीय प्रहरी प्रवक्ता थिए। 

छविलाल जोशीलाई महानगरीय प्रहरी परिसरबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान लगिएको छ भने ठूले राई लागू औषध नियन्त्रण ब्युरोमा आएका छन्। 

हेर्नुस् सूची   

 


ट्रेन्डिङ पोस्ट

Ncell