PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

११  एआइजीको पदस्थापन; सात प्रदेशमा सात एआइजी, बमबहादुर सिआइडीमा, जयबहादुर मेट्रोमा

११  एआइजीको पदस्थापन; सात प्रदेशमा सात एआइजी, बमबहादुर सिआइडीमा, जयबहादुर मेट्रोमा

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ : प्रहरी हेडक्वार्टरले बढुवाको लामो समय भइसक्दा पनि पदस्थापन गर्न नसकेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको पदस्थापन सार्वजनिक गरेको छ। 

सात एआइजीलाई सात प्रदेशमा प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ। प्रदेशमा पदस्थापन हुनेहरुमा पशुपति उपाध्याय प्रदेश नम्बर एकमा, विजयलाल कायस्थ प्रदेश नम्बर दुईमा,  केशरीराज घिमिरे प्रदेश नम्बर तीनमा,  कमलसिंह बम प्रदेश नम्बर चारमा, मिङमार लामा प्रदेश नम्बर पाँचमा, रणबहादुर चन्द प्रदेश नम्बर ६ मा र विजयकुमार भट्ट प्रदेश नम्बरमा छमा छन्।

एआइजीको बढुवामा एक नम्बरमा रहेका बमबहादुर भण्डारीलाई सिआइडी (अपराध अनुसन्धान विभाग) मा पदस्थापन गरिएको छ भने सरकारले आइजी नियुक्त गरे पनि सर्वोच्चको आदेशबाट बदर भएका जयबहादुर चन्दलाई हाल भण्डारी प्रमुख रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको छ। त्यस्तै माधवप्रसाद जोशी हेडक्वार्टरको प्रशासन विभागमा लगिएको छ। 

डिआइजीबाट आइजी बढुवाका लागि प्रमुख प्रतिस्पर्धी रहेका नवराज सिलवालको सर्वोच्चमा चलिरहेको मुद्दा जारी छ। उनलाई एआइजीमा बढुवा गरिएको थिएन।  

प्रतिस्पर्धामा रहेका मध्ये एक प्रकाश अर्याल अहिले आइजी छन् भने भण्डारी सिआइडी, चन्द रानीपोखरीमा पदस्थापन भएका हुन्।  


ट्रेन्डिङ पोस्ट

Ncell