PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

साफ यू-१५ च्याम्पियनसिप : भुटान र बंगलादेश सेमिफाइनलमा, लगातार दुई हारपछि श्रीलंका बाहिरियो



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिप : भुटान र बंगलादेश सेमिफाइनलमा, लगातार दुई हारपछि श्रीलंका बाहिरियो

काठमाडौं : नेपालमा भइरहेको साफ यू-१५ च्याम्पियनसिपमा बंगलादेश र भुटान सेमिफाइनलमा प्रवेश गरेका छन्।

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा भुटानले श्रीलंकालाई ६-० ले पराजित गरेपछि बंगलादेश र भुटान एक खेल खेल्नु अघि नै समूह ए बाट अन्तिम चारमा प्रवेश गरेका हुन्।

भुटानको लागि दर्जी कान्डो र केल्ज्यान जिग्मीले २-२ गोल गरे भने किङ्गा वाङचुक र सिद्धार्थ गुरुङले १-१ गोल गरे।

पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई हराएको थियो। यता लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ।

बंगलादेश र भुटानबीच समूह ए को विजेताको लागि मंगलबार खेल हुनेछ।

प्रतियोगिता अन्तर्गत भोली सोमबार घरेलु टोली नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ। माल्दिभ्स पहिलो खेलमा भारतसँग हारेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell