PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

थ्री स्टार क्लबको खेलाडी भन्दै ठगीको धन्दा 



सविन ढकाल

थ्री स्टार क्लबको खेलाडी भन्दै ठगीको धन्दा 

काठमाडौँ : थ्री स्टार क्लबको खेलाडी भन्दै एक नाइजेरियनले नेपालमा आई ठगी गर्ने गरेको खुलेको छ। 

केही महिनादेखि नेपालमा फुटबल खेल्न आएको र थ्री स्टारको खेलाडी भन्दै लाँखौ ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको हो। 

नाइजेरियनलाई ठगी गर्न सहयोग गरेको आरोपमा प्रहरीले ललितपुरमा बस्दै आएका अन्दाजी २० वर्षीय प्रतिक अधिकारी  पक्राउ गरेको छ। 
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अधिकारीलाई पक्राउ गरेको हो। पक्राउ परेका अधिकारीले नाइजेरियनले ठगी गरेको रकम अधिकारीको बैँक एकाउन्टमा जम्मा गराउने र उनले बैँकबाट रकम झिकेर नाइजेरियनलाई दिने गरेको अधिकारीले प्रहरीमा बयान दिएका छन्। 
अधिकारीले भने, 'म थ्री स्टारको खेलाडी हुँ। गेम खेल्न आएको। तिम्रो बैक एकाउन्ट भए मेरो पैसा आउँछ झिकेर मलाई देऊ भन्थे।‘ 

ती नाइजेरियनले थ्रीस्टारको जर्सी लगाएर टिमसँग भएको फोटो समेत खिचाएका थिए। त्यही फोटो देखाएर उनी ठगी गर्थे।

यसरी रकम झिकेर दिएवापत् उनले केही रकम पाउने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। पक्राउ परेका अधिकारीलाई ठगीमा मुद्दा चलाएको र थप अनुसन्धान भइरहेको महाशाखाका एसपी नरेन्द्र उप्रेतिले बताए। 

आफू ठगिएको भन्दै महाशाखामा काठमाडौं बस्दै आएकी ३५ वर्षीय युवती र ललितपुरकी १८ वर्षीय किशोरीले उजुरी दिएका थिए। आफूलाई फुटवल खेलाडी बताउने नाइजेरियन भने फरार रहेका छन्। 

यसरी ठग्थे नाइजेरियनले

मेनुका (नाम परिवर्तन) काठमाडौँमा सानोतिनो व्यापार गर्छिन्। रमा (नाम परिवर्तन) पनि सहकारीमा जागिरे हुन्। ती दुवैलाई एक युवकले लन्डनबाट फ्रेन्ड रिक्वेस्ट पठाए।  

अपरिचित ती युवकले दुबैलाई आफू बेलायतमा रहेको बताएका थिए। 

१८ वर्षीय रमालाई बारम्बार बेलायत आउने भए सहयोग गर्ने आश्वासनसमेत बाँड्थे। 

उनले बेलायत आऊ, म सहयोग गर्छु समेत भन्ने गरेका थिए। एक दिन युकेबाट गिफ्ट पठाइदिने बतायो। शुरुमा नाइँनास्ती गरे पनि महँगो गिफ्टको लोभले दुवै दङ्ग परे।  

आइफोन सेभेन, गहना र डलर- उनले पठाउने सूची। उसले  सामान भनेकै समयमा पठायो तर उनीहरुको हातमा भने परेन।  एक दिन दुवैको मोबाइलमा एक अपरिचित नम्बरबाट फोन आयो। फोन भारतबाट एक युवतीको थियो। 

'युकेबाट तपाईँको साथीले पठाएको सामान इन्डियाको एयरपोर्टमा आएर अल्झिएको छ। केही समस्या परेको छ। कर तिर्नुपर्ने भयो। केही रकमको आवश्यकता छ', उसले भन्यो। 

उनले गिफ्टमा २० लाख रुपैयाँ बराबरको सामान रहेको बताइ। त्यसपछि मेनुका र रमा दुवै लोभमा फँसे। 

दुवैले त्यसपछि उनले दिएको एकाउन्टमा पटक पटक गरेर ५ लाख भन्दाबढी रकम जम्मा गरे। पैसा पठाउँदा पनि सामान नआएपछि उनीहरु झस्किए। ठगिएको महसूस गरे। त्यसपछि टेकुस्थित महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दिए। 

फेसबुकको म्यासेज पढ्नु र लेख्न खेताला 

३५ वर्षीय मेनुका साधारण गृहिणी हुन्। उनलाई अंग्रेजी राम्रोसँग पढ्न र लेख्न आउँदै छन्। 

बेलायतबाट ती व्यक्तिले पठाएको म्यासेज हेर्न र रिप्लाइ दिन उनले एक जना १२ पढ्ने युवतीलाई साथी बनाएकी थिइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell