PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दीपक मनाङेले सम्पति शुद्धिकरण मुद्दामा पाए सफाइ



दीपक मनाङेले सम्पति शुद्धिकरण मुद्दामा पाए सफाइ

काठमाडौँ : गैरकानुनी रुपमा अकुत सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले आज सफाई पाएका छन्।

उनलाई चार वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी सम्पति सुद्धिकरण विभागले मुद्दा दायर गरेको थियो।

विशेष अदालतका न्यायाधीश पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले आइतबार मनाङे र उनकी जेठी श्रीमती पासाङ डोमा शेर्पालाई सफाई दिएको रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए। 

सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते मनाङ्गेलाई १४ करोड ७३ लाख ३१ हजार अवैध सम्पत्ति राखेको अभियोग लगाएर मुद्दा दायर गरेको थियो।  विशेष अदालतले २ करोड ९० लाख धरौटी बुझाउन नसके पछि २०७० साल भदौमा थुनामा पठाएको थियो।

मनाङ्गे विभिन्न घटनामा पक्राउ पर्दै र छुट्दै आएका छन्। मनाङ्गे राप्रपाका केन्द्रीय सदस्य समेत हुन्।

सम्पति शुद्धिकरण अनुसन्धान विभागले मनाङ्गेसहित गणेश लामा, परशुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध मुद्दा दायर गरेको थियो। अरुको मुद्दाको फैसला हुन बाँकी छ।   

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell