PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा रेल दुर्घटना, २३ जनाको मृत्यु, ४० घाइते



रासस

भारतमा रेल दुर्घटना, २३ जनाको मृत्यु, ४० घाइते
फोटो श्रोतः ndtv.com

नयाँदिल्ली : भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। 

यात्रु उतार्ने क्रममा शनिबार भएको दुर्घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। भारतीय रेलमार्गका प्रवक्ताले १४ डिब्बाको रेल दुर्घटनामा परेको जानकारी दिए। 

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीदेखि करिव एक सय किलोमिटर टाढा पर्ने मुजफ्फानगर जिल्लामा रेल दुर्घटना भएको हो। रेल लिकबाट बाहिर गएपछि दुर्घटना भएको उत्तर प्रदेशको प्रान्तीय प्रहरीले जनाएको छ। 

प्रहरीले २३ जनाको मृत्यु, ४० जना घाइते भएका र घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि जनाइएको छ। क्षतिग्रस्त रेलको डिब्बाभित्र अरु केही व्यक्ति पुरिएको हुन सक्ने आशंका गर्दै मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ। 

घाइतेलाई खताउली, मिरुत र मुजफ्फरनगरका अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले बताएका छन्। प्रहरी र उद्धारकर्ता घाइतेहरुलाई उद्धारका लागि घटनास्थलमा तत्काल खटिएका थिए।

उनीहरुले क्षतिग्रस्त रेलका डिब्बाहरु काटेर घाइतेलाई बाहिर निकालेका थिए। रेलमार्ग मन्त्रालयले अहिलेसम्म दुर्घटनाको कारण स्पष्ट भइनसकेको जनाएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell