PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विद्युतीय सुशासनलगायका विषयमा छलफल गर्दै सकियो इन्टरनेट गभर्नान्स फोरम



रासस

विद्युतीय सुशासनलगायका विषयमा छलफल गर्दै सकियो इन्टरनेट गभर्नान्स फोरम

काठमाडौँ :  नेपालमा इन्टरनेटको विकास, प्रयोगमा पहुँच र बहुउपयोगिताका लागि यसका सबै सरोकारवालाको सहकार्यमा प्रतिबद्धता जनाउँदै इन्टरनेट गभर्नान्स फोरम नेपाल–२०१७ सम्पन्न भएको छ। 

इन्टरनेटको नीति, कानून, प्रयोग, उपयोगिता, आगामी कार्यदिशा र विद्युतीय सुशासनका बहुपक्षीय सरोकारवालाबीच विभिन्न विधामा प्रस्तुतीकरण, समूहगत छलफल र निष्कर्षका साथ फोरम सम्पन्न भएको हो।

इन्टरनेट सोसाइटी नेपालको आतिथ्यमा भएको फोरममा इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिव्यक्ति स्वतन्त्रता, समावेशीकरणका साथै नेपालमा स्मार्ट सिटीको प्रवद्र्धन र सम्भावनाका विषयमा समूहगत छलफल र निचोड प्रस्तुत गरिएको थियो। 

नेपालमा पहिलोपटक आयोजना भएको इन्टरनेट गभर्नान्स फोरममा नेपाल सरकारको सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, स्थानीय सरकारका रुपमा रहेका नगरपालिकाहरु, इन्टरनेट स्वतन्त्रता, पहुँच र गुणस्तरका क्षेत्रमा काम गर्ने सङ्घसंस्था, इन्टरनेट सेवा प्रदायक संस्था, सूचना तथा सञ्चार प्रविधि व्यवसायी, विश्वविद्यालय तथा प्राज्ञिक निकायलगायत झण्डै ५० जति साझेदार संस्थाको सहभागिता रहेको थियो। दुई दिन विभिन्न सत्रमा चलेको इन्टरनेट गभर्नान्स फोरममा २०० जनाको सहभागिता रहेको थियो। 

फोरमले इन्टरनेटको इकोसिस्टमबारे आमसरोकारवालालाई सचेत बनाउँदै सूचना प्रविधि पूर्वाधार विकास र सुरक्षित इन्टरनेट सेवाको प्रयोग सबैको पहुँचमा हुनुपर्ने सन्देश दिएको बहुसरोकार निकाय संयोजन समितिले जनाएको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell