PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ला लिगा : नवप्रवेशी गिरोनासँग एथ्लेटिकोको बराबरी, ग्रीजमनलाई रातो कार्ड



पहिलोपोस्ट

ला लिगा : नवप्रवेशी गिरोनासँग एथ्लेटिकोको बराबरी, ग्रीजमनलाई रातो कार्ड

एथ्लेटिको मड्रिड ला लिगाको पहिलो खेलमा शनिबार नवप्रवेशी गिरोनासँग बराबरीमा रोकिएको छ। एन्टोनी ग्रीजमनले रातो कार्ड पाउनुका बावजुत एथ्लेटकोले उत्कृष्ट कमब्याक गर्दै गिरोनासँग २-२ गोलको बराबरी खेलेको हो।

क्रिस्टियन स्तुअनीले २२औँ र २५औँ मिनेटमा गोल गर्दै गिरोनालाई २-० को अग्रता दिलाएका थिए।

पहिलो हाफमा दुई गोलले पछि परेको एथ्लेटिकोलाई ६७औँ मिनेटमा अर्को झड्का लाग्यो। स्ट्राइकर एन्टोनी ग्रीजमनले दोहोरो पहेँलो (रातो) कार्डको सामना गरेपछि एथ्लेटिको दश खेलाडीमा जरेको थियो।

तर एक खेलाडी कम भएपछि एथ्लेटिकोले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल फर्कायो। एथ्लेटिकोका लागि ७८औँ मिनेटमा एन्जेल कोरेअ र ८५औँ मिनेटमा राउल जिमिनेजले गोल गरे।

बराबरीपछि एथ्लेटिको र गिरोनाले समान १ अंक जोडेको छ।

ला लिगाकै अर्को खेलमा रियस सोसिडाडले दुई पटक पछाडी परेर पनि सेल्टा भिगोलाई ३-२ ले हरायो। म्याक्सिमिलियानो लोपेजले दुवै पटक गोल गर्दै सेल्लालाई अग्रता दिलाएका थिए। तर सोसिडाडका लागि मिकेल ओयाजबाल, जुअनमीले बराबरी गोल फर्काए भने विलियम जोसेले गोल गरे।

अर्को खेलमा दश खेलाडीमा खेलको अन्त्य गरेको सेभियाले स्पानयोलसँग १-१ को बराबरी खेलेको छ। क्लेमेन्ट लेगमेन्टले गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएका थिए। स्पानयोलका लागि लियो बापटिस्टाले बराबरी गोल फर्काए।

एभर बनेगाले ८४औँ मिनेटमा सिधै रातो कार्ड सामना गरेपछि अन्त्यतिर सेभिया दश खेलाडीमा झरेको हव।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell