PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रिमियर लिग : आर्सनल पराजित, लिभरपुलको कठिन जित



पहिलोपोस्ट

प्रिमियर लिग : आर्सनल पराजित, लिभरपुलको कठिन जित

लण्डन क्लब आर्सनल नयाँ सिजनमा प्रिमियर लिगको दोस्रो खेलमै पराजित भएको छ। आर्सनलाई स्टोकी सिटीले पराजित गरेको हो। अर्को खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० ले हराउदै पहिलो जित हासिल गरेको छ।

पहिलो खेलमा लेस्टर सिटी विरुद्ध रोमाञ्चक जित हात पारेको आर्सनल दोस्रो खेलमा भने उही प्रदर्शन गर्न सकेन।  

स्टोकका लागि यसै सिजन पिएसजीबाट स्टोक पुगेका जेसे रोड्रिग्वजले गोल गरे। पहिलो खेलमा एभरटनसँग हारेको स्टोकको यो पहिलो जित हो।

यता साडियो मानेले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतमा लिभरपुलले घरेलु मैदानमा प्यालेसलाई १-० हराउँदै पहिलो जित हात पार्‍यो।प्यालेसको भने यो लगातार दोस्रो हो।

यस्तै लगातार दोस्रो जित निकाल्ने क्रममा वेष्टब्रोमिच अल्विओनले बर्नलेलाई १-० ले हरायो। वेष्टब्रोमलाई शतप्रतिशत जित दिलाउन हल रोब्सन कानुले दोँस्रो हाफमा गोल गरे। पछि उनल रातो कार्ड सामना गर्दा वेष्टब्रोमले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

लेस्टर सिटीले पनि पहिलो जित हात पार्ने क्रममा नवप्रवेशी ब्राइटनलाई २-० ले हरायो। लेस्टरका लागि सिन्जी ओकाजाकी र ह्यारी मगुइरले एक-एक गोल गरे।

अन्य खेलमा साउथह्याम्टनले वेष्टहम युनाइटेडलाई ३-२ तथा वाटफोर्डले एएफसी बर्नमाउथलाई २-० ले पराजित गरेको छ। साउथह्याम्पटन र वाटफोर्ड यो पहिलो जित हो भने वेष्टहम र बर्नमाउथको लगातार दोस्रो हार हो।

लिग अन्तर्गत आज राती दुई खेल हुँदैछन्। नेपाली समय अनुसार बेलुका सवा ट बजे हडल्शफिल्ड टानउन र न्यूकासल युनाइटेडबीच खेल हुनेछ। यस्तै राती पौने ९ बजे लण्डन डर्बीमा साविक विजेता चेल्सी र साविक उपविजेता टोटद्दहम हट्सपर भिड्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell