PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सलमान खान गायक बन्दै, बिग बोस सिजन ११ को प्रोमो सार्वजनिक



सलमान खान गायक बन्दै, बिग बोस सिजन ११ को प्रोमो सार्वजनिक

कलर्स टिभीको हिट रियालिटी सो बिग बोसको सिजन ११ को प्रोमो सार्वजनिक भएको छ। प्रोमोमा सलमान खान आफ्नी छिमेकीसँग बिहेको बारेमा जिस्किरहेको देख्न सकिन्छ। 

भारतीय मिडियाका अनुसार यस पटक हरेक हप्ता सलमान खानले एउटा गीत गुनगुनाउने छन्। बिग बोसको विकेन्डमा सलमानले गीत गाउने बताइएको हो। 

सलमानले स्पेसल एपिसोडमा आफ्नो फैसला गीतबाटै सार्वजनिक गर्ने र कन्टेसटेन्टलाई गीत गाएरै घरबाट बाहिर पनि पठाउने बताइएको छ। त्यसैगरी विकेन्डमा दिइने टास्क पनि सिङ्गिग स्टाइलमै हुनेछ। 

यो शोमा सलमान एउटा होस्ट मात्रै हैन, फिल्ममा जस्तै मुनाफामा पनि हिस्सा पाउने गर्छन्। विकेन्डका सोहरुमा धेरै मुनाफा हुने गर्छ। त्यसैले विगत ६ वर्षदेखि सलमान खान यो शोमा होस्टका रुपमा कायम छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell