PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अक्षयकुमारको 'ट्वाइलेट एक प्रेम कथा' सय करोड क्लबमा



अक्षयकुमारको 'ट्वाइलेट एक प्रेम कथा' सय करोड क्लबमा

सलमान खान र शाहरुख खानका पछिल्ला फिल्महरु बक्स अफिसमा खराब चलिरहेको बेला अक्षयकुमारको कमेडी ट्वाइलेट एक प्रेम कथा रिलिज भएको दोस्रो शुक्रबार सय करोड क्लबमा प्रवेश गरेको छ। 

आलोचकहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानको प्रोपोगान्डा फिल्मका रुपमा कुप्रचार गरे पनि फिल्मले दोस्रो हप्तामा बक्स अफिसमा सय करोड ग्रस पुर्‍याएको हो। 

अक्षयकुमारको यो आठौँ सय करोडवाला मुभी हो जसले उनलाई सलमान खानपछिको सबैभन्दा बढी हिट फिल्म दिने कलाकार बनाएको छ। 

बिहे गरेर आएपछि पतिको घरमा ट्वाइलेट नभएका कारण छाडेर गएको वास्तविक घटनाबाट प्रेरित यो फिल्मले खुला स्थानमा शौच गर्ने भारतीय संस्कृतिप्रति व्यङ्ग्य गर्छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell