PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रिमियर लिग : चार मिनेटमा ३ गोल, म्यानचेष्टर युनाइटेडको लगातार दोस्रो जित



पहिलोपोस्ट

प्रिमियर लिग : चार मिनेटमा ३ गोल, म्यानचेष्टर युनाइटेडको लगातार दोस्रो जित

लगातार दुई खेलमा जित, दुबै खेलमा समान ४ गोल, ६ अंक। यस सिजन म्यानचेष्टर युनाइटेडको प्रिमियर लिगमा सुरुवाती दुई खेलको आँकडा।

शनिबार ८० मिनेटपछि ३ गोल गर्दै म्यानचेष्टर युनाइटेडले स्वान्सी सिटीलाई उसैको मैदानमा ४-० ले हराउँदै लगातार दोस्रो जित हात पारेको हो।

पहिलो हाफमा एरिक बाएले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। घरेलु मैदानमा स्वान्सीले युनाइटेलाई ८० मिनेटसम्मा दोस्रो गोल गर्न दिएन। तर त्यसपछि स्वान्सी सम्हालिन सकेन र युनाइटेडका खेलाडीले चार मिनेट अन्तरमा ३ गोल थपे।

८०औ मिनेटमा रोमेलु लुकाकुले युनाइटेडका लागि दोस्रो गोल गरे। त्यसपछि लयमा देखिएको युनाइटेडका लागि ८२औँ मिनेटमा पउल पोग्वा र ८४औँ मिनेटमा एन्टोली मार्टिएलले गोल गरे।

यसै सिजन मात्र एभरटनबाट युनाइटेड पुगेका लुकाकुले वेष्ट हम विरुद्को पहिलो खेलमा पनि २ गोल गरेका थिए।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell