PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ला लिग : भ्यालेन्सिया र लेगानेसको विजयी सुरुवात



पहिलोपोस्ट

ला लिग : भ्यालेन्सिया र लेगानेसको विजयी सुरुवात

स्पानिस क्लब फुटबलको नयाँ सिजन ला लिगा आजबाट शुरु भएको छ।

पहिलो दिनको खेलमा भ्यालेन्सिया र लेगानेसले जित हात पारेका छन्। भ्यालेन्सियाले लस पलमास तथा लेगानेसले अलाभेसलाई समान १-० ले हराए।

लस पलमासका एलेन हालिलोभिकले रातो कार्डको सामना गरेका थिए।

भ्यालेन्सियाका लागि सिमोन जाजले विजयी गोल गरे।


यस्तै लेगानेसका लागि गाब्रिएलले निर्णायक गोल गरे। त्यसअघि अलाभेसका मानु गार्सिया पेनाल्टीमा गोल गर्न चुकेका थिए।

ला लिगामा आज राती सेल्टा भिगो र रियल सोसिडाड, सेभिया र स्पानयोल तथा एथ्लेटिको मड्रिड र नवप्रवेशी गिरोना बीच खेल हुनेछ।

यस्तै साविक विजेता रियल मड्रिडले भोली डेपोर्टिभा ला कुराना तथा बार्सिलोनाले रियल बेटिससँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell