PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल भिसेल कोबको यू-१८ टिमसँग पराजित



पहिलोपोस्ट

नेपाल भिसेल कोबको यू-१८ टिमसँग पराजित
फोटो : गोलनेपाल डट कम

काठमाडौं : जापान टूरमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार भएको अन्तिम अध्यास खेलमा हार बेहोरेको छ। एएफसी एसियन कप क्वालिफायरका लागि १० दिने जापान टुरमा गएको नेपाल जापानको भिसेल कोब यू-१८ टिमसँग ४-२ ले पराजित भएको हो।

नेपालले पहिलो खेलमा गाम्बम ओसाकाको यू-२३ टिमसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा जित हात पारेको थियो। तर त्यसपछिका लगातार तीन खेलमा भने नेपालले हार बेहोरेको हो।

क्वानसेई गाक्वुइनलाई २-१ ले पराजित गरेको नेपाल अमिटिजसँग ५-० तथा हानासँग ६-० ले पराजित भएको थियो।

८ दिनको जापान बसाईँमा नेपालले ५ अभ्यास खेल खेलेको हो। नेपालले जे लिगको एक खेल समेत हेर्ने कार्यक्रम छ। यस्तै नेपाली टोलीले जापानको भूकम्प प्रभावित क्षेत्रहरुको समेत भ्रमण गरेको थियो।

नेपाली टोली शनिबार स्वदेश फर्कनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell