PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

साफ यू-१५ च्याम्पियनसिप : बंगलादेशको शानदार जित



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिप : बंगलादेशको शानदार जित
फोटो : एन्फा

काठमाडौं : मोहम्मद फोएसल अहमेद फहिमले ह्याट्रिक गरेपछि बंगलादेशले आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपमा शानदार जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्टो टर्फमा भएको समूह ए को खेलमा बंगलादेशले श्रील्कालाई ४-० ले हराएको हो।

बंगलादेशको जितमा यासिन अराफातले अर्को गोल गरे।

जित पछि बंगलादेशी प्रशिक्षक मोस्ताफा परभेजले श्रीलंका अट्याकिङ मुडमा नभएको आफ्ना केटाहरुले धेरै गोल गरेको बताए। उनले अजै धेरै गोल गर्ने सम्भावना भएपद्दि खेलाडीले चुकाएको प्रतिक्रिया दिए।

यता श्रीलंकाका जापानी प्रशिक्षक सुजुकी चिकासीले खेलाडीहरुले ८फेन्समा बढी जोड दिदा त्यसको खराब असर परेको बताए।

खेलअघि युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रतियोगिता अन्तर्गत शनिबार समूह बी मा रहेको भारत र माल्दिभ्सबीद्व प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell