PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रिय पौडी : गौरिकाको थप तीन कीर्तिमान



पहिलोपोस्ट

राष्ट्रिय पौडी : गौरिकाको थप तीन कीर्तिमान

काठमाडौँ : ओलम्पियन गौरिका सिंहले २०औँ राष्ट्रिय पौडी प्रतियोगितामा कूल ६ स्वर्ण जितेकी छिन्। उनले दोस्रो दिन तीन कीर्तिमानसहित ४ स्वर्ण जितेकी हुन्।

उनले प्रतिस्पर्धा गरेको छ वटै स्पर्धामा कीर्तिमान बनाएकी हुन्।

प्रतियोगिताको पहिलो दिन २ स्वर्ण जितेकी गौरिकाले दोस्रो दिन सय मिटर फ्रिस्टायल, सय मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टाइलमा कीर्तिमानसहित स्वर्ण जितिन् भने चार गुणा सय मिटर मिक्स फ्रि रिलेमा नेपाल आर्मीका अनुभव सुब्बा, दीलिप थापा मगर र ओसिना भारतीसँग मिलेर स्वर्ण जितिन्।

गौरिकाले सय मिटर फ्रिस्टाइल हिट चरणमै १ मिनेट ००.७९ सेकेण्डमा पूरा गर्दै आफ्नै पूरानो कीर्तिमान तोडिन्। फाइनलमा भने १ मिनेट ०२.०३ सेकेण्डका साथ उनले स्वर्ण जितिन्। यसअघि गत वर्ष दुबईमा भएको आइरिस ओपनमा गौरिकाले १ मिनेट ०१.७८ सेकेण्डको कीर्तिमान राखेकी थिइन्। यस स्पर्धामा मध्यमाञ्चलकी टिसा शाक्यले रजत तथा एपीएफकी दोअना लामाले कास्य जितिन।

यस्तै सय मिटर बटरफ्लाईमा गौरिकाले १ मिनेट ०७.६९ सेकेण्डमा पूरा गर्दै १२औँ सागमा आफैले बनाएको १ मिनेट १०.९४ सेकेण्डकव कीर्तिमा तोडिन्।

५० मिटर पप्रिस्टाइलमा पनि गौरिकाले हिट चरणमै २८.०९ सेकेण्डमा पूरा गर्दै १२औँ साफमा सोफिया शाहले बनाएको २८.८५ सेकेण्डको कीर्तिमान तोडिन्। फाइनल चरणमा २८.५० सेकेण्डमा पूरा गर्दै उनले स्वर्ण जितिन्।

गौरिकाले अघिल्लो दिन २ सय मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्।

यस्तै दोस्रो दिन एपीएफका शुभम श्रेष्ठले पुरुष सय मिटर  र पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा नयाँ कीर्तिमान बनाए। उनले सय मिटर १ मिनेट ११.२४ सेकेण्डमा पूरा गर्दै हंगेरीमा भएको १७औँ फिना वर्ल्ड च्याम्पियनसिपमा आफैले राखेको १ मिनेट ११.३४ सेकेण्डको कीर्तिमान तोडेका हुन्। यस्तै ५० मिटरको ह्यि६मा ३२.४० सेकेण्डमा पूरा गर्दै गत वर्ष किरण कार्कीले राखेको ३२.४५ सेकेण्डको कीर्तिमान भंग गरे।

यसंगरी पहिलो दिन महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा कीर्तिमानसहित स्वर्ण जितेकी एपीएफकी दुअना लामाले दोस्रो दिन मिहला २ सय मिटर इन्डिभिजुएल मिडलेमा स्वर्ण जितिन्। उनले २ मिनेट ५४.९५ सेकेण्डमा दूरी पूरा गरिन्।

यस बाहके दJस्रो दिन नेपाल आर्मीका अनुभव सुब्बाले पुरुष २ सय मिटर इन्डिभिजुएल मिडले, सय मिटर ब्याकस्ट्रोक र सय मिटर बटरफ्लाई गरी ३ वटा स्वर्ण जिते।

मध्यमाञ्चलकी तिसा शाक्यले मिहला सय र ५० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितिन्।

नेपाल पौडी संघले आयोजना गरेको दुई दिने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय क्लब गरी ८ टिमका १४४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सुरुमा कूल २९ स्पर्धा समावेश गरिएपनि न्युतम खेलाडी कोटा नपुगेका कारण महिला २ सय मिटर बटरफ्लाई र महिला २ सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा भएन।





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell