PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पाँच कीर्तिमान सहित ६ स्वर्ण जितेकी गौरिकाको दश पोज

पाँच कीर्तिमान सहित ६ स्वर्ण जितेकी गौरिकाको दश पोज

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : ओलम्पियन गौरिका सिंहले २०औँ राष्ट्रिय पौडी प्रतियोगितामा पाँच कीर्तिमान सहित कूल ६ स्वर्ण जितेकी छिन्। उनले प्रतिस्पर्धा गरेको छ वटै स्पर्धामा कीर्तिमान बनाएकी हुन्।

प्रतियोगिताको पहिलो दिन २ स्वर्ण जितेकी गौरिकाले दोस्रो दिन तीन कीर्तिमानसहित चार स्वर्ण थपेकी हुन्। उनले दोस्रो दिनसय मिटर फ्रिस्टायल, सय मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टाइलमा कीर्तिमानसहित स्वर्ण जितिन् भने चार गुणा सय मिटर मिक्स फ्रि रिलेमा नेपाल आर्मीका अनुभव सुब्बा, दीलिप थापा मगर र ओसिना भारतीसँग मिलेर स्वर्ण जितिन्।

उनले पहिलो दिन २ सय मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्।

गत वर्ष रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी बनेर विश्वभर चर्चा बटुलेकी गौरिकाले यता नेपालमा पनि ६ स्वर्ण जित्दै थप चर्चा बटुलिन्। यसै प्रतियोगिताका लागि भनेर गौरिका परिवारसहित नेपाल आएकी हुन्।

ललितपुरको अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा भएको दोस्रो दिनको प्रतियोगिताका क्रममा पहिलोपोस्टका दिपेन श्रेष्ठले खिचेको फोटो:



ट्रेन्डिङ पोस्ट

Ncell