PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एमा स्टोन सर्वाधिक कमाउने अभिनेत्री



पहिलोपोस्ट

एमा स्टोन सर्वाधिक कमाउने अभिनेत्री

अस्कर अवार्ड बिजेता फिल्म 'ला ला ल्यान्ड'की अभिनेत्री एमा स्टोन यो वर्षको सर्वाधिक कमाइ गर्ने अभिनेत्री घोषित भएकी छिन्। फोर्ब्स म्यागजिनले जारी गरेको सूचीमा सन् २०१६ जुनदेखि सन् २०१७ को बिचमा सबैभन्दा धेरै कमाउने अभिनेत्री नम्बर एकमा रहेकी छिन्।

एमा स्टोनले एक वर्षमा १७ करोडभन्दा बढी कमाइ गरी जेनिफर एनिस्टन र एमा वाटसनभन्दा अगाडी देखिइन्। सन् २०१६ मा शीर्ष स्थानमा रहेकी जेनिफर लरेन्स यो वर्ष १५ करोड कमाइका साथ तेस्रो स्थानमा पुगेकी छिन्। उनी दुई वर्ष लगातार पहिलो स्थानमा रहेकी थिइन्। एमा स्टोनको कमाइमा यो वर्ष १६० प्रतिशतको वृद्धी भएको हो। अघिल्लो वर्ष उनको कमाइ करिव साढे ६ करोड देखिएको थियो। २८ वर्षिय अभिनेत्री एमाले केही समयअघि मात्र अभिनेता र अभिनेत्रीको कमाइ अन्तर बारे मुद्दा उठाएकी थिइन्।

यो वर्ष छैठौं स्थानमा रहेकी एमा वाटसन शीर्ष १० मा पर्न सफल एकमात्र ब्रिटिश अभिनेत्री हुन्।

यो वर्ष बलिउडका भने कुनै पनि अभिनेत्रीले ठाउँ बनाएनन्। गत वर्ष ६ करोड माथीको कमाइका साथ दीपिका पादुकोण १० नम्बरमा रहेकी थिइन्। यस वर्ष टप टेनमा पर्ने सबै अभिनेत्रीको कमाइ सात करोडभन्दा बढी रहेको छ। सर्वाधिक कमाइ गर्ने टप १०० को सूचीमा बलिउडको तर्फबाट शाहरुख खान ६५ औं नम्बरमा सलमान खान ७१ ‍औं नम्बरमा र अक्षय कुमार ८० औं नम्बरमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell