PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यसकारण भएको रहेछ बूढानिलकण्ठमा दिउँसै महिलाको विभत्स हत्या, प्रहरीद्वारा आरोपी सार्वजनिक

यसकारण भएको रहेछ बूढानिलकण्ठमा दिउँसै महिलाको विभत्स हत्या, प्रहरीद्वारा आरोपी सार्वजनिक


काठमाडौः राजधानीमा एक महिलाको विभत्स हत्या गरी धनमाल लुटपाट गरेको आरोप लागेका युवकलाई प्रहरीले दुई सातापछि पक्राउ गर्न सफल भएको छ। 

बूढानिलकण्ठ नगरपालिकाको नारायणस्थान तैलुङमा साउन १२ गते दिउँसो ५६ वर्षीया पार्वती ढकालको हत्या भएको थियो। छोरीको घरमा बस्दै आएकी ढकालको हथौडाले हानेर हत्या गरिएको थियो। लुटेराले हत्यापछि धनमाल लुटेर फरार भएका थिए। 

हत्या उनीसँग रहेको २७ तोला सुन लुट्नका लागि गरिएको एसएसपी दिनेश अमात्यले बताए। नुवाकोट घर भएका ३० वर्षीय सुदाना लामिछानेले प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

उनी यसअघि पनि बलात्कारको मुद्दामा ८ वर्ष जेल सजाय पाइसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ। उनलाई कपिलवस्तुबाट साउन ३२ गते पक्राउ गरेर काठमाडौँ ल्याई थप अनुसन्धान जारी राखेको एसएसपी अमात्यले बताए। 
 


ट्रेन्डिङ पोस्ट

Ncell