PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फेसबुकबाट ब्ल्याकमेल गरी रकम असुल्ने पक्राउ



फेसबुकबाट ब्ल्याकमेल गरी रकम असुल्ने पक्राउ

काठमाडौँ : फेसबुकबाट ब्ल्याकमेल गरी रकम असुलेको आरोपमा गोरखाको पालुङटार घर भएका ३२ वर्षीय पुरुषलाई प्रहरीले पक्रेको छ। 

फेसबुकमा खाल्टेपानी युवा क्लब नामको आइडी बनाई करिब दुई वर्ष अगाडिदेखि एक युवतीसँग साथी भई उनले विभिन्न बहानामा रकम माग गर्दै करिब एक लाख ६० हजार असुलेको प्रहरी बताउँछ। 

सोही क्रममा विगत ६ महिना अघि पुनः पैसा माग गरी चरित्र हत्या गरी बदनाम गराउने उदेश्यले विभिन्न अश्लील म्यासेज पठाउने तथा फोटो लगायत स्टायटस अपडेट गरेको उजुरी परेपछि गोंगबु बसपार्कबाट साउन २९ गते विकास नेपालीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell