PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फ्राइडे रिलिज: दुई नेपाली फिल्म र एक विदेशी फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: दुई नेपाली फिल्म र एक विदेशी फिल्म पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। फिल्म ग्याङस्टर ब्लूज र भुईंमान्छे प्रदर्शनमा आएका हुन्।

हेमराज बिसीले निर्देशित फिल्म 'ग्याङस्टर ब्लूज'मा मधेसका युवा बिचको प्रेमकथा, ग्याङ्ग बनाउने ट्रेन्ड र आपराधिक गतिविधि फिल्मको केन्द्रमा रहेको छ। सरोज न्यौपानेले निर्माण गरेको फिल्ममा आना शर्मा, आशिरमान देशराज जोशीको लिड अभिनय रहेको छ। अन्य मुख्य पात्रको रुपमा संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतले भूमिका निभाएका छन्।

त्यस्तै फिल्म 'भुईंमान्छे' हस्पिटलमा पोस्टमार्टम गर्ने मान्छे र भव्य घरमा एक्लै बस्दै आएकी युवतीको कथा हो। दैनिक लाश चिर्ने काम गर्ने मान्छेको जीवन कस्तो हुन्छ? उसको मनोविज्ञान फिल्मको मुख्य विषय हो फिल्ममा सिपोरा गुरुङसँगै रमेश बुढाथोकी, सहिन प्रजापाती, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल आदिको मुख्य अभिनय रहेको छ। शैली इन्टरटेनमेन्ट र शैली थिएटरको प्रस्तुती रहेको फिल्मलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन्। फिल्ममा उनकै कथा, पटकथा र संवाद रहेको छ। रोहिणी भट्टराईले निर्माण गरेको फिल्मलाई बिदुर पाण्डेलो खिचेका हुन्।

दुबै नेपाली फिल्मले सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा शो पाएको छ।

बलिउडतर्फ यो साता कुनै पनि फिल्म सार्वजनिक भएन। गत हप्ता नै प्रदर्शनमा आएको अक्षय कुमार स्टारर फिल्मले यो साता पनि शोहरु पाएको छ।

त्यस्तै नेपालका लागि हलिउड फिल्म 'एनाबेल: द क्रियशन' सार्वजनिक भएको छ। सन् २०१४ को फिल्म एनाबेल सिक्वेल फिल्मलाई डेभिड एफ स्यान्डवर्गले निर्देशन गरेका हुन्। अमेरिकन सुपरन्याचुरल हरर फिल्ममा स्टेपहेन सिगम्यान, टलिथा बेटम्यान, एन्थोनी लापाग्लिया, मिर्यान्डो ओट्टो लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell