PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बुटवलको रंगशालामा मानव कङ्काल भेटियो



बुटवलको रंगशालामा मानव कङ्काल भेटियो
प्रतीकात्मक तस्विर

काठमाडौँ : बुटवल उपमहानगरपालिका–१ देबीनगरस्थित रङ्गशालामा मानव कङ्काल बिहीबार फेला परेको छ। सो कङ्काल महिलाको हो कि पुरुषको हो समेत खुलेको छैन। 

त्यसैगरी  पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैया बस्ने २० बर्षीय अव्दुल कलाम अंसारी पटेवा सुगौली गाउँपालिका–३ कौवा बनकटैयास्थित माछा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा विहीबार फेला परेका छन् ।
   
उता सर्लाहीको लालबन्दी नगरपालिका–६ लालबन्दी सामुदायिक जंगलको छेउमा हाल नाम, थर, वतन खुल्न नसकेका करीव ६५ बर्षीय पुरुषको शव सडिगलेको अवस्थामा बिहीबार फेला परेको छ ।
   
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ स्याङबास्थित दुधकोशी नदीको किनारमा हेर्दा महिला जस्तो देखिने सडिगलेको अवस्थामा मानव अस्थिपञ्जर बिहीबार फेला परेको छ।

 दाङको घोराही उपमहानगरपालिका–९ बस्ने ६७ बर्षीय प्रियभक्त डाँगीको सोही उपमहानगरपालिका–७ जुम्लेनगरस्थित सेवार खोलाले बगाई ल्याएको अवस्थामा विहीबार शव फेला परेको छ ।
   
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell