PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

द कपिल शर्मा सो : सिद्धुको कुर्सीमा अर्चना



पहिलोपोस्ट

द कपिल शर्मा सो : सिद्धुको कुर्सीमा अर्चना

'कपिल शर्मा सो'मा नवजोत सिंह सिद्धुको ठाउँ अभिनेत्री अर्चना पुरन सिंहले लिने भएकी छिन्। सिद्धुको स्वास्थ्यमा खराबी देखिएपछि कपिल शर्माले तत्काल अर्चनालाई उनको ठाउँमा बोलाएको एनडिटिभीले जनाएको छ।  

अर्चनाले हट सीटमा बस्नुको अनुभवबारे भनिन्, 'सिद्धुपाजीको सीटमा बस्न निकै अफ्ठ्यारो भयो। तर कपिलको अर्जेन्ट रिक्वेस्टलाई अस्वीकार गर्न पनि सकिन।'  अर्चना विभिन्न कमेडी सो हरुमा निर्णायकको रुपमा देखिएकी छिन्। कपिल शर्मा विजेता रहेका कमेडी सर्कसमा पनि अर्चना जज प्यानलमा थिइन्। 

अर्चनाले मिडियासँग आफू कपिल शर्मा सोमा केही एपिसोडका लागि मात्र रहने प्रस्ट पारेकी छिन्। उनले भनिन्, 'पाजीको स्वास्थ्य ठीक भएपछि उहाँको सीटबाट म हट्नेछु।' 

पञ्जावको पर्यटन मन्त्री समेत रहेका नवजोत सिंह सिद्धु कपिल शर्माको कार्यक्रमको हट सीटमा बसेको चार वर्ष भयो। कमेडी नाइट विद कपिलदेखि नै उनी आवद्ध थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell