PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भूकम्प प्रभावितको कथामा 'निरफूल'



पहिलोपोस्ट

भूकम्प प्रभावितको कथामा 'निरफूल'

काठमाडौं: फिल्म 'निरफूल' बन्ने भएको छ। विहिबार कार्यक्रम आयोजना गरी फिल्मको औपचारिक घोषणा गरिएको हो।

भूकम्प प्रभावित परिवारको कथामाथी फिल्म बन्ने बताइएको छ। पत्रकार फूलमान बलको निर्देशनमा बन्ने फिल्ममा धादिङको रुवी भ्याली हुँदै भूकम्पले असर पुर्याएको काठमाडौंलाई समेत चित्रण गरिने निर्देशकले बताए। भने,'भूकम्पले दिएको पिडा यथार्थपरक ढङ्गमा प्रस्तुत गर्ने प्रयास फिल्ममा हुनेछ।'

डोमा सोनाम कार्यकारी निर्माता रहने फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाईवा, बुद्धि तामाङ, लक्ष्मी वर्देवा लगायतका कलाकारको अभिनय रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell