PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बाहुबली स्टार प्रभासको अपोजिटमा श्रद्धा कपुर पक्का



पहिलोपोस्ट

बाहुबली स्टार प्रभासको अपोजिटमा श्रद्धा कपुर पक्का

श्रद्धा कपुरको नाम सार्वजनिक गरेसँगै फिल्म साहोको लिडिङ लेडीको बहस टुङ्गिएको छ। फिल्म बाहुबलीका स्टार प्रभासको अपोजिटमा कुन हिरोइन हुने भन्ने बहसमा श्रद्धाको नाम सार्वजनिक भएसँगै पूर्णविराम लागेको हो।

आशिकी २ बाट चर्चामा रहेकी श्रद्धाको फ्यान फलोइङ ह्वात्तै बढैको छ। बाहुबली दी कन्क्लुजनपछि पहिलो फिल्म साइन गरेका प्रभास र बलिउडकी क्युट श्रद्धाको रोमान्स फिल्ममा हेर्न पाइनेछ।

बाहुबलीपछि प्रभासको अपोजिटमा को हुने भन्ने चर्चा हिन्दी फिल्म बजारमा धेरै चलेको थियो। बाहुबली स्टाररको अपोजिट रोलमा देखिन चाहनेहरु कम थिएनन्। त्यसैले धेरै हिरोइनहरुको चर्चा थियो। निर्माता युभी क्रियसन्सले 'श्रद्धा भूमिकाका लागि सबैभन्दा उपयुक्त छिन्। हाम्रो टिममा उनलाई पाउँदा खुशी छौं' भनेको छ।

साहो प्रभासको पहिलो हिन्दीमा सुट हुने फिल्म हुने भएको छ। महत्वकांक्षी प्रोजेक्टका रुपमा फिल्मलाई लिएका छन् निर्माताहरुले।

साहो हाइ टेक एक्सन ड्राम फिल्म हो जसको सुटिङ सुरु भइसकेको छ। फिल्म हिन्दी, तामिल र तेलगु भाषामा सुटिङ भइरहेको छ।

हैदरावादको रामोजी फिल्म सिटीमा साहोका लागि भव्य सेट तयार गरिएको छ। 

साहोमा निल नितिन मुकेश पनि मुख्य भूमिकामा रहनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell