PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सांसद सिन्धु जलेशा बुढाथोकीको तीज गीत



पहिलोपोस्ट

सांसद सिन्धु जलेशा बुढाथोकीको तीज गीत

काठमाडौं: सांसद सिन्धु जलेशा बुढाथोकीको पहिलो तीज गीत सार्वजनिक भएको छ। बुधबार प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यमा उनले तीज गीतको भिडियो सहित दुई म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। उनले कार्यक्रममा राष्ट्रिय भाव झल्कने गीत पनि सार्वजनिक गरिन्।

गीतहरुमा सिन्धु स्वयंमको शब्द तथा स्वर रहेको छ।

भिडियोहरु हेरेपछि नेता ज्ञावलीले सिन्धुको श्रृजना र कलाको प्रशंसा गरे। त्यस्तै फिल्म निर्देशक तथा निर्माता संघका अध्यक्ष आकाश अधिकारीले र कंग्रेस नेता देवेन्द्रराज कंडेलले सिन्धुको गीत सफलताको कामना गरे। सिन्धले भनिन्,'सबै दर्शक तथा श्रोताले गीत मन पराउनु हुनेछ भन्ने आश व्यक्त गर्दछु।'

दुबै भिडियोलाई रामशरण कोइरालाले निर्देशन गरेका हुन्। भिडियो सम्पादन भूपेन्द्र अधिकारीको हो। शिव पंगेनीको छायाँकन रहेको भिडियालाई रेनेश फागोले रंग संयोजना गरेका हुन्।

हेर्नुस् तीजको गीत: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell