PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सिएरा-लियोनमा पहिरोमा परी तीन सयभन्दा बढीको मृत्यु



पहिलोपोस्ट

सिएरा-लियोनमा पहिरोमा परी तीन सयभन्दा बढीको मृत्यु

फ्रिटाउन: सिएरा-लिओनमा वर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

एएफपीका घटनास्थलमा उपलब्ध संवाददाताले जनाए अनुसार ३१२ मृत शरीरलाई घटनास्थलबाट स्थानीय एक अस्पतालमा पुर्‍याइएको छ।

सिएरा लियोनको राजधानी फ्रिटाउनको पश्चिमी भाग रेजेन्टमा दर्जनौं घरहरू पुरिएको जनाउँदै उनले सो ठाउँमा सयौँ मानिस पुरिएको प्रारम्भिक जानकारी रहेको जनाएका छन्।

व्यापक वर्षापछि ठूलो पहाड मानवबस्तीमा खस्दा सयौँको माटोले पुरिएर निधन भएको उपराष्ट्रपति भिक्टर बोकारी फोहले बताए। पहिरोले धेरै घर पुरेको छ भने पहिरोमा पुरिएका मानिसहरूको उद्धार जारी रहेको फोहले जानकारी दिए। घटनामा थुप्रै अन्य मानिस परेको हुनसक्ने जनाइएको छ।

पहिरोबाट ३०० भन्दा बढी लासहरू उद्धार गरी कोन्नाट अस्पतालको मूर्दा घरमा पुर्‍याइएको अस्पताल स्रोतले जनाएको छ।

उद्धारमा सेना तथा प्रहरीका सयौं अधिकारी तथा स्थानीय स्वयम्सेवक खटाइएको सिएरा लियोनको राष्ट्रिय टेलिभिजन च्यानलले जनाएको छ। घटना राति सुतिरहेको समयमा भएकाले कैयौँ व्यक्ति निदाएका बेला घरभित्र पुरिएका थिए। रासस/ एएफ्पी/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell