PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हत्या अभियोगमा दोलखामा प्रहरीद्वारा सातजना पक्राउ



रासस

हत्या अभियोगमा दोलखामा प्रहरीद्वारा सातजना पक्राउ

चरिकोट : करिब ४ महिनाअघि दोलखाको कालिञ्चोक गाउँपालिका– ७ मा मृत फेला परेका ठक्करबहादुर शिवाकोटीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। 

कालिञ्चोक गाउँपालिका–७ साविक सुनखानी गाविस ४ स्थित श्रीमाल सामुदायिक वनमा गत चैत १६ गते शिवाकोटीको शव फेला परेको थियो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनखानी गाविस– ४ का २४ वर्षीय रवीन्द्र शिवाकोटी, जुंगु गाविस– ४ का २० वर्षीय विक्रम कार्की, साविकला पिलाङ गाविस– ९ का २२ वर्षीय राजन थापा, सुनखानी गाविस– ४ का २८ वर्षीय नकुल तामाङ, सुनखानी– ४ कै २१ वर्षीय विष्णु तामाङ, २८ वर्षीय कुमार ढुंगेल र ३८ वर्षीय रामकाजी तामाङ छन्। 

पक्राउ परेका उनीहरुलाई दोलखा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell