PahiloPost

Oct 24, 2017 | ७ कात्तिक २०७४


प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीले गरे डा. केसीलाई अनसन तोड्न आग्रह


प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीले गरे डा. केसीलाई अनसन तोड्न आग्रह
फाइल फोटो
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन्। 

शुक्रबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री देउवाले डा केसीको अनशनको विषयमा विशेष चासो दिँदै डाकेको बैठकले केसीलाई अनशन तोड्न आग्रह गरेको हो। 

बैठकमा तीन दलका शीर्ष नेतासहित शिक्षा र स्वास्थ्यमन्त्री, सरकारले गठन गरेको वार्ता समिति, विधेयक छलफल भइरहेको संसद्को महिला, बालबालिका तथा समाज कल्याण एवं ज्येष्ठ नागरिक समितिका सभापति र सदस्यसहित केही विज्ञ सहभागी बैठकले केसीलाई तत्काल अनशन तोड्न आग्रह गर्दै उनको मागको भावना अनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाउने समझदारी बनाएको हो । 

बैठकले डा केसीले माग गरेअनुसार संसद्मा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकलाई माथेमा आयोगको प्रतिवेदन र डा केसीले उठाएका कतिपय जायज मागअनुसार अघि बढाउने बैठकले समझदारी गरेको छ। संसद्लाई बाहिरको दबाबबाट नभई जायज मागलाई सम्बोधन गरेर अघि बढाउनेबारे बैठकमा सहमति भएको छ। 

त्यसक्रममा प्रधानमन्त्री देउवाले विधेयकको दफा १२ र १३ लाई यसअघिको सरकारले प्रस्ताव गरेअनुसार नै अघि बढाउँदा चिकित्सा क्षेत्रको गुणस्तर वृद्धि हुनुका साथै सुधार हुने धारणा राखेका थिए। 

बैठकमा प्रतिपक्ष दलका नेता ओली, माओवादी केन्द्र अध्यक्ष दाहाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, सरकारले गठन गरेका वार्ता समिति, डा भगवान् कोइराला, सांसद गगन थापा र समितिका सभापति रञ्जु झा र उक्त समितिका सदस्य सहभागी थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal