PahiloPost

Jul 16, 2018 | ३२ असार २०७५

अम्बिकाबहादुर स्मृति स्मृति खुला जुडो प्रतियोगितामा सुरु


पहिलोपोस्ट /पहिलोपोस्ट

अम्बिकाबहादुर स्मृति स्मृति खुला जुडो प्रतियोगितामा सुरु

काठमाडौं : राष्ट्रिय टिम छनोटका रुपमा समेत रहेको आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगितामा शनिबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ। पहिलो दिन पुरुष-महिलामा समान ४–४ गरी ८ स्पर्धामा प्रतिस्पर्धा भयो।

महिलाको ४८ केजीमुनि फाइनलमा त्रिभूवन आर्मी क्लबकी सुमित्रा राईले आफ्नै क्लबकी सुस्मिता लवतलाई पराजित गरिन्। ७० केजीमुनि १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य विजेता आर्मीकी गंगा चौधरीले फाइनलमा सीतु बोर्डिङ स्कुलकी मग्नोलिया श्रेष्ठलाई हराइन्। ७८ केजीमाथि आर्मीकी आकृति जोशीले कञ्चनपुरकी सुनीता बोहरालाई फाइनलमा पाखा लगाइन्।

स्व. अम्बिकाबहादुरका परिवारको प्रायोजनमा नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको महिला ५७ केजीमुनि १२ औं सागकी रजत विजेता आर्मीकी मनीता श्रेष्ठ प्रधान पहिलो भइन्। मनीताले फाइनलमा नेपाल एपीएफ क्लबकी देवीका खड्कालाई हराइन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुषको ५५ केजीमुनि बन्दी सहायता नियोग (पाम) का रोशनबहादुर दोङ पहिलो भए। उनले फाइनलमा ओसिडका हरिराम चौधरीलाई हराए। ६६ केजीमुनि १२ औं सागका कांस्य विजेता पामका इन्द्रबहादुर श्रेष्ठ पहिलो भए। उनले फाइनलमा रसुवाका सुनील नगरकोटीलाई पन्छाए

पुरुष ८१ केजीमुनि केन्द्रीय जुडो डोजोका मोहन सुनुवारले शीर्ष स्थान हात पारे। मोहनले निर्णायक भिडन्तमा प्रहरीका मनीष महतोमाथि जित रचे। १०० केजीमुनि प्रहरीका रविन श्रेष्ठले फाइनलमा आर्मीका शिवबहादुर बरामलाई पाखा लगाउदै पहिलो स्थान हात पारे।

पुरुषको ५५ केजीमुनि बाहेक सबै स्पर्धामा पहिलो र दोश्रो हुने खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् । पुरुष ५५ केजीमुनिको तौलसमूह राष्ट्रिय टिम तयारीमा राखिएको छैन। महिलाको ४४ केजीमुनि तौलसमूह पनि राष्ट्रिय टिम तयारीमा समावेश छैन।

प्रतियोगिताअन्तर्गत १६ स्पर्धामा विभिन्न २३ टिमका १ सय ४० खेलाडी सहभागी छन्। पुरुष-महिलामा समान ८–८ स्पर्धा समावेश छन् । अन्तिम दिन आइतबार पुरुष-महिलामा समान ४–४ स्पर्धामा भिडन्त हुनेछ।



अम्बिकाबहादुर स्मृति स्मृति खुला जुडो प्रतियोगितामा सुरु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट