PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

२५ लाख धरौटी बुझाउन नसकेपछि सरकारी कागजात किर्ते गर्ने अभियुक्त जेल चलान



रासस

२५ लाख धरौटी बुझाउन नसकेपछि सरकारी कागजात किर्ते गर्ने अभियुक्त जेल चलान

भीमदत्तनगरः सरकारी कागजात किर्ते गरी भारतबाट चोरीका सवारीसाधन भित्र्याएर यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई आज पूर्पक्षका लागि कञ्चनपुर कारागार पठाइएको छ। 

जिल्ला अदालत कञ्चनपुरले अभियुक्त श्रेष्ठलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएपनि श्रेष्ठले धरौटी रकम बुझाउन नसकेपछि पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार अभियुक्त श्रेष्ठलाई धरौटीमा छाडे पनि भन्सार ठगीमा कारबाहीका लागि समेत राय उक्त मुद्दामा पेश गरिएको छ । 

अभियुक्त श्रेष्ठले भारतबाट चोरीका सवारी साधन आयात गरी भीमदत्तनगर र धनगढीमा रहेका महाकाली एंव सेती अञ्चल यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका थिए। 

श्रेष्ठले किर्ते गरी किनबेच गरेका नौ थान जिप÷कार र ३६ वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो। बरामद गरिएका ती सबै सवारी साधन आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

अभियुक्त श्रेष्ठबाट सवारी साधन खरिद गर्नेहरु भने पीडित बनेका छन् । खरिदकर्ताहरुको लाखौं रकम डुबेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell